• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सिरहाका १२ जनाको रिपोर्ट कोरोना पोजेटिभ, सप्तरीमा ९३ जनाको रिपोर्ट नेगेटिभ

सिरहाका १२ जनाको रिपोर्ट कोरोना पोजेटिभ, सप्तरीमा ९३ जनाको रिपोर्ट नेगेटिभ

राजविराज, ९ भदौ । सिरहामा मंगलवार १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको रिपोर्ट अनुसार सुखिपुर ९ का २५ र २७ वर्षिय पुरुष, लहान २ का ३२, वडा नं. ८ का २८ र २१ वडा नं. २४ का २७ वर्षिय पुरुष, धनगढि १२ का २३ वर्षिय पुरुष, भगवानपुर ३ का २१ वर्षिय पुरुष, वरहथवा १० का ३५ वर्षिय पुरुष, मिर्चैया ४ का ४८ र २८ वर्षिय पुरुष तथा मिर्चैया ७ का ६२ वर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको हो ।

अस्पतालले मंगलवार सिरहाका कुल १७६ जनाको रिपोर्ट सार्वजनिक गरेको छ । जसमध्ये १६४ जनाको रिपोर्ट नेगेटिभ छ।

यसैगरी, सप्तरीका कुल ९३ जनाको रिपोर्ट सार्वजनिक भएको छ । वोदेवरसाईन नगरपालिकाका ९२ र रुपनी गाउँपालिकाका १ जना गरी सप्तरीका सवैको रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।