• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कम्प्याक्ट कम्युनिकेशन प्रालिका संस्थापक शिवनारायण साह कोरोना मुक्त

कम्प्याक्ट कम्युनिकेशन प्रालिका संस्थापक शिवनारायण साह कोरोना मुक्त

राजविराज, ८ भदौ । नेपाल पत्रकार महासंघका सदस्य तथा कम्प्याक्ट कम्युनिकेशन प्रालिका संस्थापक शिवनारायण साह (सुरज) कोरोना संक्रमणवाट मुक्त भएका छन् । छोरासहित आफनो परिवार कोरोना संक्रमणवाट मुक्त र सुरक्षित रहेको साहले जानकारी दिएका छन् ।

कम्प्याक्ट कम्युनिकेशन प्रालिका प्रकाशनहरु न्यूज टुडे दैनिक, सत्यापन साप्ताहिक र न्युज टुडे डट कम डट एनपीका प्रकाशक समेत रहेका साहलाई गत साउन २४ गते एकजना छोरासहित कोरोना संक्रमण पुुष्टि भएको थियो ।

उनी होम आईसोलेसनमा वसेका थिए ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सोमवार सार्वजनिक गरेको रिपोर्टमा उनीसहित परिवारका सदस्य समेतको रिपोर्ट नेगेटिभ आएको छ। उनले अस्पतालको रिपोर्ट सामाजिक सञ्जाल फेसवुकमा राखेर आफनो परिवार सुरक्षित रहेको जनाएका छन्।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव जितेन्द्र झाले कोरोना जित्न सफल साहलाई वधाई ज्ञापन गरेका छन् ।