• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा थप ५ जनामा कोरोना, संक्रमितको संख्या ७ सय ३४

सप्तरीमा थप ५ जनामा कोरोना, संक्रमितको संख्या ७ सय ३४

राजविराज, ८ भदौ । सप्तरीमा सोमवार थप ५ जनामा कोरोना पुष्टि भएको छ ।

डाकनेश्वरी नगरपालिका ६ का २२ वर्षिय, हनुमाननगर कंकालिनी नगरपालिकाका ३४ वर्षिय, तिलाठि कोईलाडि गाउँपलिका ८ का ४६ वर्षिय, राजविराज ७ का ४० वर्षिय र राजगढ गाउँपालिका १ का ३५ वर्षिय पुरुषको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सोमवार छिन्नमस्ता, डाकनेश्वरी, हनुमानगर कंकालिनी, राजविराज, तिलाठि कोईलाडि, विष्णपुर र राजगढ गरी २२० जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । ति मध्ये २१५ जनाको रिपोर्ट नेगेटिभ छ ।

यसैगरी आईतवार साँझ विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कञ्चनरुपन नगरपालिका ३ का ३२ र वडा नं. ५ का २६ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानको रिपोर्टमा उल्लेख छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ७३४ पुगेको छ भने मृतकको संख्या ५ छ।