• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहकारीः कोरोनाको जोखिम कम किटनासक औषधी

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहकारीः कोरोनाको जोखिम कम किटनासक औषधी

राजविराज, ७ भदौ। कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न आईडियल सहकारी संस्थाले आईतवार राजविराजका विभिन्न स्थानमा किटनासक औषधी छर्किएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा कोरोनाको जोखिम कम गर्न किटनासक औषधी छर्किएको संस्थाले जनाएको छ ।

सप्तरी युथ नेपालसँगको समन्यव र सहकार्यमा राजबिराजको ब्यापारी कोरीडोर तथा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा औषधी छर्किएको अध्यक्ष गणेश आशले जानकारी दिए ।

उक्त कार्यमा राजविराज नगरपालिका पुर्ब मेयर शैलेश कुमार चौधरी, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, समाजसेवी विद्यानन्द झा, राजविराज ४ का वडाध्यक्ष अख्तर बाबा, सहकारीका कर्मचारी लगायत सप्तरी युथका कोषाध्यक्ष विष्णु यादवलगायतका युवाहरुको सहभागिता थियो ।