राजविराज, ७ भदौ। सप्तरीमा आईतवार १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको रिपोर्टमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो ।
विष्णुपुर गाउँपालिका १ की ३२ वर्षिया महिला, राजविराज ५ का ४८ वर्षिय पुरुष, तिरहुत गाउँपालिका–४ का २९ वर्षिय पुरुष, तिलाठि कोईलाडि गाउँपालिका ३ का २५ वर्षिय पुरुष, खडक नगरपालिकाका २५ वर्षिय पुरुष, वडा नं. ६ का ४६ वर्षिय पुरुष, वडा नं. ११ का ३३ वर्षिय पुरुष, शम्भुनाथ नगरपालिका १ का ३० वर्षिय पुरुष तथा महादेवा गाउँपालिका १ का ३० र वडा नं. ५ का ३९ वर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
अस्पतालले आइतवार सप्तरीका १९० जनाको रिपोर्ट सार्वजनिक गरेकोमा अन्य १८० जनाको रिपोर्ट नेगेटिभ छ।
योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ७२६ पुगेको छ भने ५१५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
जिल्लामा हालसम्म कोरोना कारण मृत्यु हुनेको संख्या ४ छ ।