• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तकोशीमा एक र वलान विहुलमा दुईसहित शनिवार सप्तरीमा तीन जनालाई कोरोना पुष्टि

सप्तकोशीमा एक र वलान विहुलमा दुईसहित शनिवार सप्तरीमा तीन जनालाई कोरोना पुष्टि

राजविराज, ६ भदौ। सप्तरीमा शनिवार तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

सप्तकोशी नगरपालिका १ की ५२ वर्षिया महिला तथा वलान विहुल गाउँपालिका १ का २७ र वडा नं. ६ का ३८ वर्षिय पुरुषलाई कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

गजेन्द्रनारायण सिंह अस्पतालले शनिवार सप्तरीका कुल २१५ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । अन्य सवैको रिपोर्ट नेगेटिभ छ।

योसँगै सप्तरीमा कोराना संक्रमितको संख्या ७१४ पुगेको छ ।