राजविराज, ५ भदौ। सप्तरीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गजेन्द्रनारायण सिंह अस्पतालले शुक्रवार सार्वजनिक गरेको रिपोर्टमा वादेवरसाईन नगरपालिका ३ का ३९ वर्षिय र वडा नं. ६ का २८ वर्षिय पुरुष, तिलाठि कोईलाडि गाउँपालिका २ का २७ वर्षिय र वडा नं. ७ का ५७ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
अस्पतालले शुक्रवार सप्तरीका १ सय ३८ जनाको रिपोर्ट सार्वजनिक गरेको छ। अन्य सवैको रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा हालसम्म कोरोना संक्रमितको संख्या ७१२ पगेको छ भने विहिवारसम्म ४ सय ६९ जना डिस्चार्ज भएका छन् ।