राजविराज, ४ भदौ। सप्तरीमा विहिवार ५ जना नयाँ संक्रमित थपिएका छन्।
राजविराजकी ३० वर्षिया महिला, राजविराज १३ का ३५ वर्षिय दुई पुरुष, तिलाठि कोईलाडि ६ का ४५ वर्षिय पुरुष र २५ वर्षिय एक पुरुष गरी ५ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी, तिलाठि कोइलाडि गाउँपालिका स्थित आईसोलेसनका १४ जनाको दोश्रो रिपोर्ट पनि पोजेटिभ आएको कार्यालयले जानकारी दिएको छ।
गजेन्द्रनारायण सिंह स्पतालले विहिवार तिलाठि कोईलाडि गाउँपालिकाको आईसोलेसनसहित सप्तरीका ३९ जनाको रिपोर्ट सार्वजनिक गरेको छ ।