राजविराज, ३ भदौ। धरानमा उपचारका लागि पुर्याईएका राजविराज ४ का २८ वर्षिय युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । उनको मंगलवार मृत्यु भएको हो ।
बुधबार साँझ उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
ज्वरो तथा स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई स्थानीय छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि धरान पुर्याएपछि उनको मृत्यु भएको थियो ।
उनको मृत्युमा कोरोनाको आशंका गरि मंगलवारै गजेन्द्रनारायण सिंह अस्पतालमा स्वाव संकलन गरि परिक्षण गरिएको थियो।
यो सँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।