राजविराज, ३ भदौ। सप्तरीमा वुधवार १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो।
अस्पतालले वुधवार राजविराज नगरपालिका तथा रुपनी, छिन्नमस्ता, विष्णुपुर गाउँपालिकासहित विभिन्न स्थानीय तहका ३५० जनाको रिपोर्ट सार्वजनिक गरेको छ ।
राजविराज ७ का २५ वर्षिय पुरुष, वडा नं. ६ का ५३, ५३, १६ र ३२ वर्षिय पुरुष र २५, ४ र २० वर्षिया महिला, वडा नं. १ का २१, १५ र ९ वर्षिय पुरुष, वडा नं. २ का २४, १६ र १४ वर्षिय पुरुष, वडा नं. ४ का २२ वर्षिय पुरुष र ३५ वर्षिया महिला तथा रुपनी ६, का ३० वर्षिय पुरुष कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।