राजविारज, २ भदौ। सप्तरीमा कोरोनाको लक्षण देखिएका एक २८ वर्षिय युवकको मंगलवार मृत्यु भएको छ। उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपछि राजविराज ४ का युवकको मृत्यु भएको हो ।
ज्वरो तथा स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई स्थानीय छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि धरान पुर्याएपछि उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए ।
उनको मृत्युमा कोरोनाको आशंका गरिएको छ । मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर पिसिआर परिक्षण गरिने यादवले जानकारी दिए ।
सप्तरीमा यसअघि कोरोनाका कारण तीन जनाको मृत्यु भईसकेको छ ।