• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी

सप्तरीमा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी

राजविराज, २ भदौ । जिल्ला सुरक्षा समिति सप्तरीले निषेधाज्ञाको म्याद थप गरेको छ। मंगलवार वसेको समितिको वैठकले भदौ १५ गते राती ११ वजेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

मंगलवारै वसेको राजनैतिक दल, नागरिक समाज लगायत जिल्ला संकट ब्यवस्थापन केन्द्रको संयुक्त वैठकको सिफारिस तथा कानुनी अधिकारको प्रयोग गरी निषेधाज्ञा जारी राख्ने निर्ण गरिएको हो ।

समितिले साउन १९ गतेको निर्णय अनुसार पहिलो पटक साउन २० गतेदेखि लागु हुने गरी ७ दिने निषेधाज्ञा जारी गरेको थियो। सो अवधि सकिए लगत्तै पुनः ७ दिनका लागि थपिएको निषेधाज्ञा आज राती सकिदैछ। सोहि सन्दर्भमा वसेको वैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ वमोजिम सप्तरी जिल्लाभरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

औषधी पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा/मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, वैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवा/स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न/नगराउन प्रशासन कार्यालयले जारी गरको निशेधाज्ञामा उल्लेख छ।

यसैगरी, निषेधाज्ञा कार्यान्वयनमा प्राप्त भएको साथ र सहयोग प्रति समितिे सप्तरीवासीलाई धन्यवाद दिएको छ। आगामी दिनमा पनि कुनै पनि धर्मको कुनै पनि चाडपर्व मनाउँदा निषेधाज्ञाको विपरित नहुने गरी घरमै वसेर सुरक्षित साथ मात्र मनाउन आग्रह गरिएको छ ।

आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन वमोजिम कारवाही गरीने ब्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए वमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्वन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्न/गराउन जानकारी गराईएको छ । अन्यथा प्रचलित ऐन, नियम कानुन वमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञाको म्याद थप गरिएको सूचना