राजविराज, २ भदौ । सप्तरीमा मगलवार ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सवै हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् ।
गजेन्द्र नारायण सिंह अस्पताल प्रयोग शालामा परिक्षण गरिएका ११५ जनाको रिपोर्ट सार्वजनिक हुँदा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। अन्य सवैको रिपोर्ट नेगेटिभ छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ का ४० वर्षिय पुरुष, वडा नं. ७ का ३१ वर्षिया महिला, वडा नं. ९ का १०, ३६, ५५ र ६५ वर्षिय पुरुष तथा २४, ३०, ३८ र ५० वर्षिया महिला कोरोना संक्रमित भएका छन् ।
यसैगरी, वडा नं. १० का ४७ वर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ छ ।
सप्तरीमा यो सँगै संक्रमितको संख्या ६८३ पुगेको छ ।