• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोना संक्रमणको जोखिम कम गर्न राजविराज– ५ मा छरियो किटनासक औषधी [फोटो फिचर]

कोरोना संक्रमणको जोखिम कम गर्न राजविराज– ५ मा छरियो किटनासक औषधी [फोटो फिचर]

राजविराज, १ भदौ । सप्तरी युथ नेपाल र वडा अध्यक्षका निकटतम् प्रतिद्वन्द्वी उम्मेदवार सञ्जयकुमार दासको सहकार्यमा सोमवार राजविराज– ५ मा किटनासक औषधी छरिएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किएको दासले जानकारी दिए ।

वडाका सार्वजनिक र संक्रमणको जोखिम भएका स्थल तथा संक्रमितले प्रयोग गरिरहेको घरमा समेत औषधी छरिएको सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादवले वताए ।

वडामा छर्किने औषधी र गाडिको ब्यवस्था प्रत्यासी उमेदवार दासले मिलाएका थिए भने उपकरणसहित स्वयम सेवकको काम सप्तरी युथका युवाहरुले गरेका थिए ।

यसअघि सप्तरी युथले राजविराज ७ स्थित हटिया, उच्च अदालत जनकपुर–राजविराज इजलास, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, खडक नगरपालिकाको कल्याणपुरसहित ११ वटै वार्ड, गजेन्द्रनारायण सिंह अस्पतालमा चार पटक तथा साईकृष्ण मेडिकल कलेज स्थित आईसोलेसनमा २ पटक सेनिटाईजर छरिसकेको कोषाध्यक्ष विष्णु यादवले जानकारी दिए ।