• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारका निर्णय कार्यान्वयनमा ल्याउन सुरक्षा समितिको निर्देशन

सरकारका निर्णय कार्यान्वयनमा ल्याउन सुरक्षा समितिको निर्देशन

राजविराज, ३२ साउन । जिल्ला सुरक्षा समिति सप्तरीले नेपाल सरकार, मन्त्री परिषदको २६ साउनका केहि निर्णय कडाईका साथ कार्यान्वयनमा ल्याउन सम्वन्धित निकायलाई निर्देशन गरेको छ ।

समितिको ३० साउनमा सम्पन्न वैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीले ३२ साउनमा पत्राचार गरी यस्तो निर्देशन जारी गरेको हो ।

जिल्लाका ९ नगरपालिका सहित १८ वटै स्थानीय तह, सप्तरी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, राष्ट्रिय सहकारी वैंक तथा सम्पूर्ण वैंक तथा वित्तिय संस्थाहरुका नाममा पत्राचार गरी उक्त निर्णयका वारेमा सम्वन्धित सरोकारवाला कार्यालय, ब्यक्ति संस्था लगायतलाई जानकारी गराउन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले आईतवार जारी गरेको पत्रसाथ कार्यान्वयनका लागि निर्देशन गरिएका निर्णयहरुः