• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा एक ब्यक्ति पक्राउ

सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा एक ब्यक्ति पक्राउ

राजविराज, ३२ साउन । सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा सप्तरीमा आईतवार एक ब्यक्ति पक्राउ परेका छन् ।

राजबिराज नगरपालिका –७ स्थित हटियामा निवासी २३ वर्षिय विष्णुप्रताप साहलाई प्रहरीले पक्राउ गरेको हो । उनी नरसिंह हिन्दु सेना सप्तरीका अध्यक्ष समेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सुरुङ्गा नगरपालिका –६, कडरबोना वस्ने एक बालिकालाई स्थानीय ३६ वर्षको सद्रुल हकले जिस्काउने गरेको विषयमा साहले सामाजिक सञ्जाल फेसवुकमा लाईभ गरी सामाजिक र धार्मीक सहिष्णुतामा खलल् पुर्याएको प्रहरीको आरोप छ ।

फेसवुक लाइभमा सामाजिक र धार्मिक सहिष्णुतामा खलल पुर्याउने खालका विभिन्न शब्दहरु प्रयोग गरेको पाईएपछि उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीवाट म्याद थप गराई उनको वारेमा थप अनुसन्धान भईरहेको उनको भनाई छ ।