राजविराज, ३२ साउन । सप्तरीमा आईतवार ६ जनामा कोरोना पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको १६८ जनाको रिपोर्टमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
छिन्नमस्ता ४ का १०, ३० र ५२ वर्षिय पुरुष तथा १८ र ४५ वर्षिया महिलाको रिपोर्ट पोजेटिभ छ।
यसैगरी, उमेर नखुलेका जनकपुर ४ धनुषाका एक पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ छ। उनी सप्तरीमा संचालित एक आयोजनाका प्रमुख रहेको जनाईएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।