• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा छिन्नमस्ता मन्दिर प्रांगणमा वृक्षारोपण

भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा छिन्नमस्ता मन्दिर प्रांगणमा वृक्षारोपण

राजविराज, ३१ साउन । छिमेकी मित्र राष्ट्र भारतको ७४औं स्वतन्त्रता दिवसको अवसर पारी नेपाल भारत मैत्री युवा संघ सप्तरीले शनिवार वृक्षारोपण गरेको छ ।

छिन्नमस्ता गाउँपालिका स्थित छिन्नमस्ता भगवती मन्दिरको प्रांगणमा विभिन्न जातको विरुवा रोपिएको संघका सप्तरी अध्यक्ष किशोरकुमार यादवले जानकारी दिए ।

युवा सशक्तिकरण संघ नेपालको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरीएको उनले वताए ।

वृक्षारोपण कार्यक्रममा भगवती मन्दिरका पिठाधिस महाकान्त ठाकुर, प्रदेश–२ को शिक्षा कार्यदलका सदस्य संतोष कुमार चमन, जनता समाजवादी पार्टी नेपालका युवा नेता नवनीत झा, रामसागर यादव, शंकर मंडललगायतका युवाहरुको सहभागिता थियो ।