• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा शनिवार २२ प्रहरी र नयाँ वेहुलीसहित २७ जनामा कोरोना संक्रमण

सप्तरीमा शनिवार २२ प्रहरी र नयाँ वेहुलीसहित २७ जनामा कोरोना संक्रमण

राजविराज, ३१ साउन । सप्तरीमा शनिवार २७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको रिपोर्टमा उनीहरु कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

संक्रमित २७ मध्ये २२ जना प्रहरी र ५ जना सर्वसाधारण छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालको रिपोर्ट अनुसार डाकनेश्वरी नगरपालिका ९ का ५० वर्षिय पुरुष र राजविराज नगरपालिका ६ का ७० वर्षिया महिलाको रिपोर्ट पोजेटिभ छ ।

यसैगरी, राजविराज ८ स्थित प्रहरी तालिम केन्द्रका ३७, २६, २३, २६, २८, २१, २२, २४, २४, २१, २०, २१, २१, २३, २३, २२, २२, २०, २३, २१, २३ वर्षिय पुरुष र २४ वर्षिय महिला गरी जम्मा २२ प्रहरी संक्रमित भएका छन्।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिपोर्ट अनुसार कञ्चनरुप नगरपालिका २ का २० वर्षिय महिला, वडा नं. ३ का २३ वर्षिय पुरुष र वडा नं. ११ का ३५ वर्षिय पुरुषलाई कोरोना पोजेटिभ भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित मध्ये २० वर्षिय महिला र  २३ वर्षिया पुरुष क्वारेन्टाईनमा रहेको तथा ३५ वर्षिय पुरुष समुदायमै रहेको पाईएको छ । २० वर्षिया महिला १० दिनकी नयाँ दुलही हुन्। उनलाई भारतको सुपौलवाट विवाह गरेर ल्याईएको हो। विवाह गरेर घरमा राखेको जानकारीपछि नगरपालिकाले वेहुला वेहुली दुवै जनालाई क्वारेन्टाईनमा राखी स्वाव परिक्षण गराएको थियो। वेहुलीको रिपोर्ट पोजेटिभ र वेहुलाको नेगेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ ।

यसैगरी कञ्चनरुप नगरपालिका ११ का ३५ वर्षिय पुरुष सुनसरीको रामधुनी नगरपालिकावाट संक्रमित भएर आएको पाईएको छ । उनी साउन १९ गतेको रक्षावन्धनका लागि श्रीमतिलाई माईती पुर्याएर फर्किएका थिए । सोहि समयमा उनका जेठान (श्रीमतीका दाजु) विरामी परेर अस्पताल लगिएको थियो । जेठानको स्वाव चेक गर्दा पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङ्गमा उतैवाट ज्वाईलाई पनि स्वाव परिक्षणका लागि वोलाईएको थियो । स्वाव दिएर घर फर्किएका उनको रिपोर्ट शनिवार पोजेटिभ आएको स्वास्थ्य शाखाका डम्वर गुप्ताले जानकारी दिए ।

उनले समुदायमा कोरोना फैलाएको हुनसक्ने आशंकामा कन्ट्याक्ट ट्रेसिङ्ग सुरु गरिएको कार्यालयले जनाएको छ।

योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ६५८ पुगेको छ भने मृतकको संख्या तीन रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।