• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोना प्रभावित क्षेत्रमा सेनीटाइजर छर्दै सप्तरी युथ

कोरोना प्रभावित क्षेत्रमा सेनीटाइजर छर्दै सप्तरी युथ

राजविराज, ३१ साउन । सप्तरीमा कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि ‘सप्तरी युथ, नेपाल’ ले सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न ठाउँमा सेनीटाइजर छर्किन थालेको छ ।

सप्तरी युथले कोरोना संक्रमण वढि भएका स्थानलाई केन्द्रित गरेर सेनिटाईजर छर्किन थालेको हो । शनिवार राजविराज ७ स्थित हटिया तथा संक्रमितहरु भेटिएको क्षेत्रलाई केन्द्रित गरेर सेनिटाईजर छरिएको कोषाध्यक्ष विष्णुकुमार यादवले वताए ।

यसैगरी, उच्च अदालत जनकपुर–राजविराज इजलास, जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा समेत सेनिटाईजर छर्किएको यादवले जानकारी दिए । संस्थाको काममा राजविराज नगरपालिका ७ नं. वडा कार्यालयले समन्वय गरेको छ ।

सप्तरी युथले सेनिटाईजर छर्किने योजना वनाएपछि जिल्ला अदालतले गाडि र इन्धन सहयोग गरेको संस्थाले जनाएको छ । शनिवार करिव ४०/४५ हजारको लागतमा सेनिटाईजर छर्किएको वताएका यादवले उक्त काम आफुहरुले निशुल्क गरेको जानकारी दिए ।

यसअघि खडक नगरपालिकाको कल्याणपुरसहित ११ वटै वार्ड, गजेन्द्रनारायण सिंह अस्पतालमा चार पटक तथा साईकृष्ण मेडिकल कलेज स्थित आईसोलेसनमा २ पटक सेनिटाईजर छरिसकेको संस्थाले जनाएको छ ।

आगामि दिनमा पनि वढि प्रभावित क्षेत्र निर्धारण गरी प्राथमिक्ताका आधारमा सेनिटाईजर छर्किने लगायतका सहयोग र चेतना मुलक काम गर्दै जाने कोषाध्यक्ष यादवले वताए ।

राजविराज–७, का वडाध्यक्ष मागिलाल नाईले सप्तरी युथ नेपालको सामाजिक कार्यमा देखिएको अग्रसरताको प्रसंसा गरेका छन् ।