राजविराज, ३० साउन। समुदायमा एक जना ब्यापारीलाई कोरोना संक्रमण भएपछि सप्तकोशी नगरपालिकाले नागरिकलाई सचेत गराएको छ।
मेयर उत्तमकुमार शर्माले शुक्रवार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै नागरिकलाई सचेत गराएका हुन्।
सुचनाको वेवास्ता गरी लापरवाही गरे कानुनी कारवाही गर्ने चेतावनी दिदै सूचना कार्यान्वयनका लागि सहयोग गर्न राजनितिक दल, ब्यापारी, वुद्धिजीवी, संघसंस्था लगायतलाई आग्रह गरिएको छ।
सप्तकोशी नगरपालिका १ मा शुक्रवार ५४ वर्षिय एक ब्यापारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केहि समय अघि भारत पुगेर आएका उनी त्यहावाट फर्केपछि विरामी थिए।
सप्तकोशी नगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ महिलासहित १२ पुगको छ। यसैगरी १ महिलासहित १० जना उपचारपछि डिस्चार्ज भएका छन्।
सूचना
