• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा थप १२ जनालाई कारोना संक्रमण

राजविराज, ३० साउन । सप्तरीमा शुक्रवार १२ जनामा कोरोना संक्रमण फेला परेको छ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परिक्षणमा १० र विराटनगर स्थित कोशी अस्पतालमा गरिएको परिक्षणमा २ गरी १२ जना नयाँ संक्रमित थपिएका हुन्।

गजेन्द्रनारायण सिंह अस्पतालले शुक्रवार सार्वजनिक गरेको १ सय जनाको रिपोर्टमा १० जनाको पोजेटिभ र ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

राजविराज २ का २४ वर्षिय पुरुष, वडा नं. ४ का ५५, ३३ र ६५ वर्षिय पुरुष, वडा नं. ५ का १२ महिला, वडा नं. ६ का ६७ वर्षिय महिला, सप्तकोशी नगरपालिका १ का ५४ वर्षिय पुरुष, वोदेवरसाईन नगरपालिका २ का ४६ वर्षिय पुरुष, खडक नगरपालिका २ का ४९ वर्षिय पुरुष र विष्णुपुर १ का ४५ वर्षिय पुरुष कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी कोशी अस्पताल विराटनगरले शुक्रवारै सार्वजनिक गरेको रिपोर्टमा खडक नगरपालिका १० का ४५ वर्षिय महिला र २० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ६ सय ३९ पुगेको छ भने मृतकको संख्या तीन छ।