राजविराज, ३० साउन । सप्तरीमा फेरी कोरोनाका १० जना नयाँ संक्रमित थपिएका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालले विहिवार साझ सार्वजनिक गरेको ३८ जनाको रिपोर्टमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।
संक्रमित सवै राजविराज नगरपालिकाका हुन् । राजविराज ५ का ३, ७, १५, ११, २६, ५५ र ६३ वर्षका पुरुष तथा ३७ वर्षकी महिला तथा राजविराज ७ का ३५ वर्षिय र वडा नं. ११ का ४४ वर्षिय पुरुषको रिपोर्ट कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि विहिवार आएको २३ जनाको रिपोर्टमा विष्णुपुर गाउँपालिका २ का ३२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।
यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ६२७ पुगेको छ भने मृतको संख्या ३ छ।