राजविराज, २९ साउन । सप्तरीमा विहिवार एक जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार २३ जनाको रिपोर्ट आउँदा १ जना पोजेटिभ र २२ जना नेगेटिभ देखिएको छ ।
विष्णुपुर गाउँपालिका २ का ३२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ६१७ पगेको छ ।
यसैगरी, गजेन्द्रनारायण सिंह अस्पतालले विहिवारै सार्वजनिक गरेको रिपोर्टमा सिरहाका २ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
सिरहाको विभिन्न स्थानीय तहका ८७ जनामा गरिएको परिक्षणका क्रममा लहान २४ का ३२ वर्षिय पुरुष र भगवानपुर १ का २५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।