Top_Header_Right_Add

मलामीको फोटो खिच्दा पत्रकारको घरमा आक्रमण

मलामीको फोटो खिच्दा पत्रकारको घरमा आक्रमण

राजविराज, २६ साउन । निषेधाज्ञाको समयमा सयौंको भिड लागेर मलामी जम्मा भएको देखेपछि फोटो खिचेर फर्केका सप्तरीका एक जना पत्रकारको घरमा आक्रमण भएको छ ।

सोमवार साँझपख मलामी जम्मा भएको फोटो खिचेर फर्केका पत्रकार परिष कर्णको घरमा आक्रमण भएको हो। राजविराज नगरपालिका– १ का करिव ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कारका लागि नजिकै रहेको इदगाहामा मलामीहरु जम्मा भएका थिए ।

सोहि फोटो खिचेर आफु कार्यालय गएपछि करिव १० जनाको समुह आफनो घरमा प्रवेश गरी आमा र दुई भाईलाई कुटपिट गरेको उनले जानकारी दिए । आक्रमण गर्ने ब्यक्तिको पहिचान गर्न नसकेपनि ‘हाम्रो फोटो कस्ले खिचेको ?’ भन्दै कुटपिट गरिएकाले मलामी मध्यकै कोहि हुन सक्ने उनको भनाई छ ।

रातको समयमा थप घट्ना हुन सक्ने त्रासले परिवारका सदस्य चिन्तित रहेको भन्दै उनले सुरक्षाको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले घट्नाको निन्दा गर्दै संलग्न व्यक्तिलाई अबिलम्ब कार्वाही गर्न माग गरेको छ । घट्नाले पत्रकार र पत्रकारका परिवार असुरक्षित भएको देखिएकाले यथासिघ्र घट्नाको सत्यतथ्य छानविन गर्न शाखा अध्यक्ष जितेन्द्र खड्गाले माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले भने घटनाको यथार्थ वुझने र समस्या समाधानमा पहल गर्ने जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer