Top_Header_Right_Add

सप्तरीमा कोरोनाः शनिवार पनि १ सय ७६ जनाको रिपोर्ट नेगेटिभ

आईसोलेनमा एक सय वयालीस जना
सप्तरीमा कोरोनाः शनिवार पनि १ सय ७६ जनाको रिपोर्ट नेगेटिभ

राजविराज, २४ साउन । सप्तरीमा शनिवार १ सय ७६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अग्निसाईर कृष्णा सवरण र महादेवा गाउँपालिका तथा शम्भुनाथ नगरपालिकावाट संकलन गरिएको स्वाव परिक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो ।

जिल्लामा शुक्रवार पनि १ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । लगातार दुई दिन गरी ३ सय जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कार्यालयले विभिन्न क्वारेन्टाईन, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग र शंकास्पद ब्यक्ति गरी हालसम्म पसिआर परिक्षणका लागि ९ हजार ४१५ जनाको स्वाव संकलन गरेको छ ।

त्यसमध्ये परिक्षण भएका ८ हजार ४७८ मध्ये ७ हजार ९२१ जनाको नेगेटिभ र ५५७ जनाको रिपोर्ट पोजेटिभ आएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । पोजेटिभ मध्ये हालसम्म २ जनाको मृत्यु भएको र ९ सय ३७ जनाको रिपोर्ट आउन वाँकी रहेको कार्यालयले जनाएको छ ।

एक सय वयालीस जना आईसोलेनमा
सप्तरीमा कोरोना संक्रमितको उपचारका लागि राजविराज स्थित साईकृष्ण मेडिकल कजेज र तिलाठि–कैलाडि गाउँपालिका स्थित मावी लौनीया गरी दुई स्थानमा आईसोलेसन संचालनमा छन् । राजविराजको आईसोलन गजेन्द्रनारायण सिंह अस्पताल र लौनियाँको आईसोलेसन गाउँपालिका अन्तर्गत छ ।

राजविराज स्थित १ सय ७८ वेडको आईसोलेसनमा शनिवारसम्म ४९८ जना भर्ना भएका थिए । ति मध्ये ३८५ जना संक्रमित उपचारपछि निको भएका छन् भने ११३ जना उपचाररत छन् ।

यसैगरी तिलाठि कोईलाडि स्थित मावी लौनीयाँ आईसोलेसनमा २९ जना भर्ना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुवै आईसोलेसनमा गरी कुल १४२ जना र केहि ब्यक्ति होम आईसोलेसनमा रहेको जनाईएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer