Top_Header_Right_Add

जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णयः गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्वास्थ्यर्मीलाई क्लिनिकमा विरामी जाँच्न रोक

जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णयः गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्वास्थ्यर्मीलाई क्लिनिकमा विरामी जाँच्न रोक

राजविराज, २३ साउन । जिल्ला संकट ब्यवस्थापन केन्द्र सप्तरीले गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्वास्थ्यर्मीहरुलाई क्लिनिक वा अन्य कुनै पनि स्थानमा विरामी जाँच्न रोक लगाएको छ ।

केन्द्रको शुक्रवार सम्पन्न वैठकले क्लिनिक र अन्य ठाउँका विरामी जाँच्न वन्द गरी सम्पुर्ण ध्यान अस्पताल र आइसोलेशन केन्द्र संचालनमा केन्द्रिकृत गर्न निर्देशन दिएको छ । वैठकले सोहि अनुरुपको ब्यवस्थाका लागि गजेन्द्रनारायण सिंह अस्पताललाई निर्देशन दिने निर्णय गरेका छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यर्मीहरु समेत उच्च संख्यामा संक्रमित भईरहेको र सो क्रम वढ्दो रहेको हुँदा अस्पतालको आकस्मिक सेवा समेत प्रभावित हुने सम्भावना देखिएकाले गजेन्द्रनारायण सिंह अस्पतालले आगामी दिनमा विशेष सजगता अपनाई सेवा संचालनलाई उपयुक्त रुपमा ब्यवस्थापन गर्ने निर्णय समेत केन्द्रले गरेका जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, जिल्लामा लक्षण नेदेखिएका कारोना संक्रमितहरुलाई स्थानीय तहमै राख्न हरेक स्थानीय तहमा आईसोलेसन निर्माणका लागि पहल गर्ने निर्णय भएको छ । ‘ जिल्लामा लक्षण नेदेखिएका कारोना संक्रमितको वढ्दो संख्यालाई ब्वस्थापन गर्न स्थानीय तहहरुलाई आईसोलनेशन केन्द्र संचालन गर्न विगतदेखि नै अनुरोध गर्दै आइएको छ’ निर्णयमा भनिएको छ–‘स्थानीय तहहरुले प्रमुख÷प्रतिनिधि सहितको जिल्ला संकट ब्यवस्थापन केन्द्रको मिति असार २२ को वैठकवाट त्यस किसिमको निर्णय समेत भईसकेको हुँदा लक्षण नेदेखिएका कोरोना संक्रमितहरुलाई स्थानीय तहहरुमै ब्यवस्थापन गर्ने गरि पालिका स्तरमा आईसोलशन केन्द्र स्थापना एवम् संचालन गर्न सम्पुर्ण राजनितिक दलहरुले आफनो दल मार्फत जिल्ला स्थित पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।’

यस्तै, आईसोलेसन केन्द्रमा देखिएका जायज समस्याहरु सम्वन्धित निकायले सम्वोधन गर्दै जान पनि निर्देशन दिएको छ । निर्णयमा भनिएको छ– ‘आईसोलेशन केन्द्र र गजेन्द्रनारायण सिंह अस्पतालका स्वास्थ्यकर्मी एवम् कर्मचारीको मनोवल उच्च राख्दै सुरक्षित एवम् तनावरहित काम गर्ने वातावरण उपलब्ध गराउन सवै राजनीतिक दल, नागरिक समाज लगायतले आ–आफनो क्षेत्र र स्थानवाट सहयोग गर्ने निर्णय गरियो ।’

निर्णयहरु हेर्न तल क्लिक गर्नुहोस

२०७७_०४_२३_गते_बसेको_जिल्ला_संकट_व्यवस्थापन_केन्द्रको_निर्णय

 

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer