राजविराज, २३ साउन । सप्तरीमा शुक्रवार सार्वजनिक भएको कोरोना रिपोर्टले सर्वसाधारणमा आशा जगाएको छ । दैनिक संक्रमितको संख्या गनेर वसेका सप्तरीवासीले आजको रिपोर्टका कारण सहज महसुस गरेका छन्।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले शुक्रवार सिरहाहित कुल २२९ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा सिरहाका १०५ र सप्तरीका १२४ थिए ।
शुक्रवारको रिपोर्टमा २२९ जनाकै नतिजा नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले वताए ।
सप्तरीमा हालसम्म ५५८ जनालाई कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये २ जनाको मृत्यु भएको छ ।
कुल ४९८ जना गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना भएको थिए । तिमध्ये ३८५ जना उपचारपछि डिस्चार्ज भएका छन। शुक्रवार साँझसम्म ११३ जना आईसोलेसनमा रहेको निमित्त मेसु डा. झाले जानकारी दिए ।