Top_Header_Right_Add

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक, सर्जरी र ओपिडी सेवा वन्द

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक, सर्जरी र ओपिडी सेवा वन्द

राजविराज, २३ साउन । विहिवार अस्पतालमा कार्यरत ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका आकस्मिक, सर्जरी र ओपिडी कक्ष वन्द गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत चार जना अहेव एकै पटक संक्रमित भएपछि सिल गर्नुपरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले वताए । योसँग गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ९ पुगेको छ ।

यसअघि पहिलो पटक आकस्मिक कक्षकी एक सरसफाई कर्मचारी र पोषण गृहमा कार्यरत एक नर्समा संक्रमण देखिएको थियो । उनीहरु विहिवार डिस्चार्ज भएका छन् । त्यस लगत्तै तीन जनालाई संक्रमण पुष्टि भएपछि आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।

धेरैजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि र तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको डा. झाले वताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश २ को सामाजिक विकास मन्त्रालय तथा सप्तरीका सुरक्षा निकायका प्रमुखहरुको समन्वयमा अस्पतालको सेवा अर्को सुचना नआएसम्म बन्द गरिएको उनको भनाई छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer