Top_Header_Right_Add

सप्तरीमा कोरोना ग्राफः ५ सय ३९ मध्ये ३ सय ४१ जना संक्रमण मुक्त

कलेज ब्यवस्थापक र नर्स पनि डिस्चार्ज
सप्तरीमा कोरोना ग्राफः ५ सय ३९ मध्ये ३ सय ४१ जना संक्रमण मुक्त

राजविराज, २१ साउन । कोरोनाका कारण साउन १ गते मृत्यु भएका राजविराज ६ का ब्यापारीको सम्पर्कमा पुगेर संक्रमित भएका सोहि वडा निवासी ३७ वर्षिय प्रमोद यादव कोरोना मुक्त भएका छन् ।

अन्तिम स्वाव परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । यादव मृतक ७३ वर्षिय ब्यापारीकै स्वामित्वमा रहेको सफटेक कलेजका व्यवस्थापक हुन । यसैगरी, अस्पतालको पोषण गृहमा कार्यरत उनकी श्रीमती ३२ वर्षीया नर्सको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले वताए । उनीहरु दुवैजना होम आईसोलेसनमा थिए ।

योसँगै सप्तरीमा कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या ३ सय ४१ पुगेको छ । आईसोलेसनमा भर्ना भएका ४ सय ८१ मध्ये ३ सय ४१ जना उपचारपछि डिस्चार्ज भएको झाले वताए ।

हाल १ सय ४० जना आईसोलेसनमा छन् । सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ३९ छ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer