राजविराज, १८ साउन । कोरोना महामारीको समयमा पनि सरकार तथा सम्वन्धित निकाय गम्भिर वन्न नसेको भन्दै उनीहरुलाई दवाव दिन आईतवार सप्तरीमा मानविय समाजले ‘पद यात्रा’ सम्पन्न गरेको छ ।
राजविराज स्थित पवी मावीवाट सुरु भएको पद–यात्रा जनआन्दोलन चौक, गजेन्द्र चौक हुँदै रुपनी मोडसम्म पुगेर पुनः गजेन्द्र चौकमा गएर विसर्जन भएको थियो ।
पदयात्रीले संक्रमणवाट जोगिन निश्चित शारीरिक दुरी तथा स्वास्थ्य सतर्कतासहित निस्किएको पद यात्रामा ‘गजेन्द्रनारायण सिंह अस्पतालमा भेन्टिलेटरसहितको आइसियु संचालन गर, पिसिआर टेस्टको दायरा वढाउ, कोरोना संक्रमणवाट आफु पनि वचौ–अरुलाई पनि वचाउँ, कोरोना महामारीवाट जोगिन सरकारद्वारा निर्देशित नियमको पालना गरौं, फ्रन्टलाईमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र सरसफाई कर्मीको सम्मान गरौं’ लगायतका नारा लेखिएको प्ले कार्ड वोकेका थिए ।
यसैगरी, कोरोना संक्रमितको आत्मवल वढाउन उनीहरुलाई घृणा होईन मायाँ र स्नेह गरौं, राजविराज स्थित गजेन्द्रनारायण सिंह आईसोलेसन र विभिन्न क्वारेन्टाईमा विरामीको खानपिन, वसाई र सरसफाईमा ध्यान दिउँ, आईसोलेसन र क्वारेन्टाईनको वेथिती अन्त्य गरौं, आईसोलेसन ब्यवस्थापनको हिसाव सार्वजनिक गर लगायत लेखिएका सहभागिहरुले महामारीका नाममा भईरहेका वेथितीको अन्त्य गर्न माग गरेका छन् ।
पदयात्रमा सहभागि पुर्वमन्त्री एवम् नेकपाका नेता उमेशकुमार यादवले तीनै तहका सरकार, प्रशासन र सम्वन्धित निकायलाई महामारी प्रति गम्भिर वन्न र महामारीका नाममा भईरहेका वेथिती अन्यका लागि पहल गर्न ददाव दिने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको वताए ।
पदयात्रामा मानवीय समाजका पदाधिकारी तथा सदस्यहरुसहित विभिन्न दलका नेता/कार्यकर्ताहरु महेश यादव, निरन्जन झा, प्रताप देव, संजय दास, वलराम यादव, सतेन्द्र यादवलगायत करिव ३५ जनाको सहभागिता थियो।