• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा एकै दिन २७ ब्यक्तिलाई पुष्टि भयो कोरोना संक्रमण

गजेन्द्रनारायण सिंह अस्पतालमा २ स्वास्थ्यकर्मी
तिलाठि कोईलाडि २ मा २५ सर्वसाधारण
सप्तरीमा एकै दिन २७ ब्यक्तिलाई पुष्टि भयो कोरोना संक्रमण

राजविराज, १८ साउन । सप्तरीमा आईतवार एकै दिन २७ जना कोरोना संक्रमित थपिएका छन् ।

तिलाठि कोईलाडि गाउँपालकाका २७ र राजविराज नगरपालिकाका २ गरी जम्मा २७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

राजविराजमा पोजेटिभ देखिएकाहरु अस्पतालकै स्वास्थ्यकर्मी हुन् । आईतवार पोजेटिभ देखिएका दुवै जना पारामेडिक्स स्टाफ भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले वताए ।

अस्पतालमा हालसम्म ५ जनालाई कोरोना पोजेटभ भएको जानकारी दिएका उनले ३ जना पारामेडिक्स, १ जना नर्सिङ्ग स्टाफ र १ जना स्विर रहेको वताए । इमर्जेन्सी वार्डका ३ जना स्टाफ कारोना संक्रमित भएपछि काममा समेत वाधा भएको उनको भनाई छ ।

यसैगरी तिलाठि कोईलाडि गाउँपालिकाको एकै वडामा एकै दिन २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित मध्ये कतिपय क्वारेन्टाईन र कतिपय कन्ट्रयाक ट्रेसिङ्गवाट पत्ता लागेको जनाईएको छ ।

तिलाठि कोईलाडि २ मा ५५, ४, ४, ३५, ४७, ३५, ४०, २०, २६, २२, ४२, ४५, ३८, ३६, ३५, ३१, ३८, २६, २४, ४२, २२, ६०, १५, ७१ वर्षिय पुरुष तथा उमेर नखुलेका एक महिला र एक पुरुष छन् ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय २४ पुगेको छ । शनिवार राजविराजका १८ सहित जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।