राजविराज, १६ साउन । सप्तरीमा थप दुई जना कोरोना संक्रमित भएका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालले शुक्रवार सार्वजनिक गरेको रिपोर्ट अनुसार राजविराज नगरपालिका ६ का १८ वर्षिय पुरुष र भारतको हाजिपुरका २४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै सप्तरीमा कोराना संक्रमितको संख्या ४ सय ७३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।