• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मास्क नलागाई सार्वजनिक स्थलमा निस्केका २५ जना प्रहरीको नियन्त्रणमा

मास्क नलागाई सार्वजनिक स्थलमा निस्केका २५ जना प्रहरीको नियन्त्रणमा

राजविराज, १३ साउन । सप्तरीमा सार्वजनिक स्थलमा मास्क नलगाइ हिँड्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रण गर्न थालेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि मास्क अनिवार्य गरिएपनि निर्णयको वेवास्ता गर्न थालेपछि नियन्त्रण गर्न सुरु गरिएको हो ।

प्रहरीले राजविराजका विभिन्न चौक तथा जिल्लाका विभिन्न स्थानमा मास्क लगाउन अनिवार्य गराउन चेकजाँच गरिरहेको छ । यसै क्रममा मंगलवार २ वजेसम्म राजविराजमा मात्रै करिव २५ जनालाई नियन्त्रण गरिएको ट्राफिक प्रहरीका सई नन्दकिशोर मण्डलले जानकारी दिए । चेकजाँच जारी नै रहेकाले संख्या अझै थपिन सक्ने उनको भनाई छ ।

मास्कविना सार्वजनिक स्थलमा निस्कनेलाई कारवाही गरिने उनले वताए । कोभिड १९ रोगको नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका सम्वन्धमा निश्चित शर्त र मापदण्डका आधारमा केहि सेवा र गतिविधि हरु खुला गर्ने, सोको समन्वय, सहजीकरण गर्ने विषयमा नेपाल सरकारको (मन्त्री परिषद) निर्णय वमोजिम मास्कलाई कडाई गरिएको प्रहरीले जनाएको छ ।

सरकारको निर्णय लगत्तै जिल्ला प्रशासन कार्यालय सप्तरीले गत साउन ११ गते सुचना प्रकाशित गरी मास्क नलागउने विरुद्ध कारवाही गर्ने चेतावनी दिएको थियो । सुचना प्रकाशनसँगै ११ र १२ गते मास्क नलाई वजार निस्कनेहरुलाई सम्झाई वुझाई छोडिएको थियो ।

तर, सरकारले तोकेको शर्त तथा मापदण्ड पालना नगर्ने, सामाजिक दुरी कायम नगरी भिडभाड गर्ने, स्वास्थ्य सम्वन्धी मापदण्ड उल्लंघन गर्ने र विना मास्क घर वाहिर हिड्डुल गर्ने प्रवृत्ति वढेपछि संक्रमणको जोखिम कम गर्न मास्क अनिवार्य प्रयोग गर्न प्रोत्साहित गर्ने र अटेर गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गर्न थालिएको सई मण्डलले जानकारी दिए ।

यसरी नियन्त्रण गरिएकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालयको सुचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको सुचना

सम्वन्धित तस्विरहरु