Top_Header_Right_Add

कोरोना कहरः राजगढ गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह अनिश्चितकालका लागि वन्द

कोरोना कहरः राजगढ गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह अनिश्चितकालका लागि वन्द

राजविराज, १२ साउन । कोरोना संक्रमणको जोखिम वढेपछि राजगढ गाउपालिकाले साउन १३ गतेदेखि अनिश्चितकालका लागि अत्यावस्यक सेवा वाहेक सार्वजनिक सेवाहरु वन्द गरेको छ ।

गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले सोमवार सुचना प्रकाशित गरी गाउँपालिकावाट प्रदान गरी सार्वजनिक सेवा वन्द भएको जानकारी दिएका हुन् । अर्को सुचना नआउन्जेल सेवा वन्द रहने जनाईएको छ ।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्य नजर गर्दै उच्च जोखिम न्यूनिकरणका लागि गाउँपालिका र वडा कार्यालयहरु समेतवाट प्रवाह हुने सार्वजनिक सेवा वन्द गरिएको सुचनामा उल्लेख छ ।

अत्यावश्यक काम वाहेक घरवाट वाहिर ननिस्किन र निस्किनै परेर अनिवार्य रुपमा मास्क लगाउन, सावुन पानीले हात धुन पनि गाउँपालिकाले नागरिकलाई आग्रह गरेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer