राजविराज, १० साउन । सप्तरीको सप्तकोशी नगरपालिकामा प्रहरीले शनिवार अवैध रुपमा लगाईएको गाँजा नष्ट गरेको छ ।
प्रहरी चौकी फत्तेपुरबाट सई गंगाराम चौधरीको नेतृत्वमा खटिएको प्रहरीले सप्तकोशी नगरपालिका–११, भगनी स्थित विभिन्न ब्यक्तिको घरमा लगाईएको ३ सय गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।