• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पुर्व डिआईजी कोइरालालाई पुनः पक्राउ गरी जन्म कैन गर्न बहिर्गमित जनमुक्ती सेना नेपालको माग

पुर्व डिआईजी कोइरालालाई पुनः पक्राउ गरी जन्म कैन गर्न बहिर्गमित जनमुक्ती सेना नेपालको माग

राजविराज, १० साउन । बहिर्गमित जनमुक्ती सेना नेपालले गलत मनसायबाट सफाई पाएका पुर्ब डिआईजि रञ्जन कोईराला लाई पुनः गिराफ्तर गरि आजिवन कारोवासको सजाय दिन माग गरेको छ ।

वहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा (सुवास) ले एक प्रेस विज्ञप्ती प्रकाशित गरी यस्तो माग गरेका हुन् ।

पिडितको हितबिपरित, अपराधीलाई सफाई दिने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा र न्यायाधीश तेज बहादुर केसि माथि छानबिन गरि कार्बाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ । ‘अपराधीलाई संरक्षण गरि न्यायको हत्या गर्नेहरुलाई बर्खास्त गर्नुको बिकल्प छैन’–विज्ञप्तीमा भनिएको छ।

आफ्नै श्रीमतीलाई हत्या गरि बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएको मुद्दामा सशस्त्र प्रहरिका पुर्ब डिआईजी रन्जन कोईराला ०६८ माघ ८ गतेदेखि डिल्ली बजार कारागारमा कैदि जीवन बिताई रहेका थिए।

हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला घटाएर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा र न्यायाधीश तेजबहादुर केसिको संयुक्त इजालसले पिडकको पक्षमा फैसला गरेको विज्ञप्तीमा उल्लेख छ ।

जन्मकैदको फैसला उल्टाएर ८ बर्ष ६ महिना सजाय कायम गरि पिडितको हितबिपरित, पिडकलाई सफाई दिएर फैसला गर्ने सर्बोच्च अदालतका प्रधानन्यायाधीश जवरा र न्यायाधीश केसि माथी छानबिन गर्न बहिर्गमित जनमुक्ती सेनाले माग गरेको छ ।

‘गणतन्त्र प्राप्तिका लागि लड्ने परिबर्तनकारी शक्ति र निर्दोष व्यक्तिहरुले जेल जिवन विताउनु पर्ने र जन्मकैद गरेर राख्नु पर्ने अपराधिलाई छुटकरा दिने कस्तो कानुन हो?’ भनि विज्ञप्तीमा सरकारसँग प्रश्न गरिएको छ । न्यायलयको गलत निर्णय प्रती बहिर्गमित जनमुक्ती सेना नेपालले घो रआपत्ती प्रकट गरेको छ ।