राजविराज, १० साउन। सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय २६ पुगेको छ ।
शनिवार रुपनी गाउँपालिका ५ का ४० वर्षिय र वडा नं. ६ का ३३ वर्षिय पुरुष, अग्निसाईर कृष्णासवरण गाउँपालिका १ का २८ र २३ वर्षिय पुरुष, शम्भुनाथ नगरपालिका २ का २८ वर्षिय, वडा नं. ८ का ४१ वर्षिय र वडा नं. १२ का ४५ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि शुक्रवार तिलाठि कोईलाडि गाउँपालिका २ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । गजेन्द्र नारायणसिंह अस्पतालमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा पुगेका ४ जना डाक्टरसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाईमा राखिएको छ ।
उनी उपचाररत इमर्जेन्सी वार्ड राती १२ वजेसम्म सिल गरेर पुनः संचालनमा ल्याईएको छ ।
विहिवार साँझ मात्रै राजविराज ६ स्थित एकै परिवारका ४ सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राजविराज ६ मा चियानास्ता पसल संचालन गर्दै आएको परिवारका ६९, २९ र २२ वर्षिय पुरुष तथा ४० वर्षिय महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।
गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षिय ब्यापारीको छिमेकमै उनीहरुको चियानास्ता पसल संचालनमा छ। यसैगरी, राजविराज ६ कै ३० वर्षिया महिला, राजविराज ९ की ५५ वर्षिया महिला र राजविराज नगरपालिका ७ का ७० वर्षिय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए ।