राजविराज, ९ गते । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सि वार्ड आज राती १२ वजेसम्मका लागि सिल भएको छ ।
अस्पतालमा उपचाररत एक जना विरामीमा कोरोना संक्रमण देखिएपछि उक्त वार्ड सिल गर्ने निर्णय गरिएको हो ।
इमरर्जेन्सि वार्डमा उपचाररत तीलाठि कोईलाडि गाउँपालिकाका २ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको अस्पतालका निमित्त मेसु रणजीत कुमार झाले वताए ।
इमरर्जेन्सीमा रहेका ति पुरुषको उपचारमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संलग्न भएको पाईएको झाले जानकारी दिए । विषादी सेवनका कारण करिव ३ दिनदेखि ति पुरुष उपचाररत थिए ।
यसअघि एक जना नर्स र एक जना स्विपरमा पनि कोरोनाको संक्रमण देखिएपछि अस्पतालमा तनाव भएको थियो । लगत्तै अस्पतालका चिकित्सक र कर्मचारी सहित कुल १ सय ७६ जनाको स्वाव संकलन गरी परिक्षणका लागि विराटनगर स्थित कोशी अस्पताल पठाईएकोमा सवैको रिपोर्ट नेगेटिभ आएपछि पुनः विरामीमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवको भनाई अनुसार ‘राती १२ वजेपछि’ हुन गएकोमा सच्याईएको छ। –सं.