• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज ६ मा तिव्र रुपमा वढ्दै कोरोना संक्रमण, एकै परिवारमा थपिए ४ जना नयाँ संक्रमित

वडालाई केन्द्रित गरेर विशेष निर्णय गर्ने तयारी
राजविराज ६ मा तिव्र रुपमा वढ्दै कोरोना संक्रमण, एकै परिवारमा थपिए ४ जना नयाँ संक्रमित

राजविराज, ९ साउन। कोरनाका संक्रमित तिव्र रुपमा थपिन थालेपछि थप जोखिम आउन नदिन स्थानीय प्रशासनले राजविराज नगरपालिका वडा नं. ६ लाई केन्द्रित गरेर थप निर्णय लिने तयारी गरको छ । आवश्यक्ता अनुसार सिल गर्ने निर्णयसम्म हुन सक्ने श्रोतले वताएको छ ।

विहिवार साँझ आएको स्वाब परिक्षण रिपोर्टमा थप एकै परिवारका ४ सहित ७ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि संक्रमण फैलिन नदिन प्रशासनले पहल सुरु गरेको हो । पछिल्लो रिपोर्ट अनुसार राजविराज ६ मा चियानास्ता पसल संचालन गर्दै आएको एउटै परिवारमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

६९, २९ र २२ वर्षिय पूरुष तथा ४० वर्षिय महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसैगरी, राजविराज ६ कै ३० वर्षिया महिला, राजविराज ९ की ५५ वर्षिया महिला र राजविराज नगरपालिका ७ का ७० वर्षिय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए ।

गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षिय ब्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका ४ सहित तिव्र रुपमा कोरोना संक्रमित थपिन थालेपछि थप निर्णय गर्न लागिएको यादवले जानकारी दिए ।

कोरोनाका कारण वडा नं. ६ वढि नै प्रभावित देखिएपछि शुक्रवार जिल्ला संकट ब्यवस्थापन केन्द्रको वैठक वस्ने तयारी भईरहेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले भने हालसम्म वडालाई सिल गर्ने निर्णय भईनसकेको जानकारी दिए । ‘विहिवारदेखि नगर क्षेत्रमै निशेधाज्ञा जारी छ। सिल गर्ने भन्दा पनि अवस्था हेर्दा कन्ट्याक्ट ट्रेसिङ्गको दायरा वढाउनु पर्ने अवस्था छ’ उनले भने–‘कन्ट्याक्ट ट्रेसिङ्गले समेत नभ्याएको अवस्थामा अन्य विकल्प खोजेर पनि समुदायमा संक्रमण वढ्न नदिने गरी काम गरिन्छ।’