• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोराना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण माग गर्दै सप्तकोशी नगरपालिकामा कांग्रेसको ज्ञापन पत्र

कोराना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण माग गर्दै सप्तकोशी नगरपालिकामा कांग्रेसको ज्ञापन पत्र

राजविराज, ८ साउन। कोराना महामारी रोकथाम तथा नियन्त्रण, औषधी खरिद लगायतका शिर्षकमा भएको खर्च विवरण ७ दिनभित्र उपलब्ध गराउन माग गर्दै विहिवार नेपाली कांग्रेस नगर कार्य समिति सप्तकोशीले नगरपालिकामा ज्ञापन पत्र वुझाएको छ ।

नगर सभापति रमेश कार्कीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सात दिनभित्र माग भए वमोजिमको विवरण उपलब्ध नभए नगरपालिका विरुद्ध विरोध कार्यक्रम संचालन गर्न वाध्य हुने चेतावनी समेत दिईएको छ ।

ज्ञापन पत्रमा भनिएको छ– ‘विश्व महामारीको रुप लिएको कोरोना भाईरसको महामारीमा सप्तकोशी नगरपालिकाले आरडिटि टेस्ट, पिसीआर टेस्ट, क्वारेन्टाईन तथा राहत वितरण लगायत अन्य प्रयोजनमा संक्रमणको सुरुदेखि असार मसान्तसम्मको खर्च विवरण तथा आव ०७६/०७७ मा स्वास्थ्य चौकी लगायतको मागमा खरिद गरिएको औषधी तथा स्वास्थ्य सामग्री खरिदको विरण ७ दिनभित्र उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछौं।’

जिल्ला प्रशासन कार्यालय सप्तरी, नेपाली कांग्रेस जिल्ला कार्य समिति र नेपाली कांग्रेस विपी स्मृति भवन काठमाण्डौंलाई वोधार्थ दिईएको ज्ञापन पत्रमा सामाजिक सुरक्षा भत्ता समेत समयमा उपलब्ध नगराएको जनगुनासो रहेकाले उक्त विवरण समेत सात दिन भित्र उपलब्ध गराउन माग गरिएको छ ।

ज्ञापन पत्र