राजविराज, ८ साउन। सप्तरीमा विहिवार ७ जना कोरोना संत्रमित थपिएका छन् ।
योसँगै संक्रमितको संख्या ४ सय ११ पुगेको छ । विहिवार सप्तकोशी नगरपालिका १ का २३ वर्षिय, ५ का ३० वर्षिय र ६ का ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी, तिलाठि कोइलाडि गाउँपालिका ५ का ४२ वर्षिय पुरुष, महदेवा गाउँपालिका १ का २९ वर्षिय पुरुष तथा वोदेवरसाईन नगरपालिका ९ का ३३ र वडा नं. २ का २८ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
हालसम्म २ सय ८६ जना संक्रमितहरु उपचारपछि निको भएका छन् ।