राजविराज, ७ साउन। सप्तरीमा २२ महिलासहित २ सय ७२ जना कोरोना संक्रमणको उपचारपछि डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मंगलवारसम्म २ सय ७२ जना कोरोना जितेर घर फर्किएका हुन् ।
राजविराजका महिलासहित १४, कञ्चनरुपका २, डाकनेश्वरीका १ महिलासहित १२, वोदेवरसाईनका १ महिलासहित ३३, खडकका ७, शम्भुनाथका २, सुरुङ्गाका १ महिलासहित १२, हनुमाननगरका १ महिलासहित ५१ र सप्तकोशी नगरपालिकाका २ जना कारोना संक्रमित निको भएपछि डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
यसैगरी, राजगढका १९, अग्निसाईर कृष्णसवरणका ४, छिन्नमस्ताका २ महिलासहित २६, महदेवाका ३ महिलासहित १३, तिरहुतका ४, तिलाठि–कोईलाडिका ७ महिलासहित ३७, रुपनीका १, विष्णुपुरका १ र वलान विहुल गाउँपालिकाका ४ महिलासहित ३२ जना संक्रमण मुक्त भएको यादवले वताए ।
संक्रमण भएर आईसोलेसनमा राखिएका उनीहरुको अन्तिम परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित मध्ये १ जनाको साउन १ गते उपचारकै क्रममा धरानमा मृत्यु भएको छ।
सप्तरीमा मंगलवारसाँझसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। तिमध्ये १ सय १७ जनालाई आईसोलेसनमा राखेर उपचार भईरहेको छ । जिल्लामा १ सय ७८ वेडको आईसोलेसन छ।