राजविराज, ५ साउन। सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित त्रियुगा हेड वर्क्स छेउवाट नदिको वाढि पस्ने खतरा वढेपछि स्थानीय युवाको सक्रियतमा सोमवार वाँध मर्मत गरिएको छ । वाढिका कारण हुन सक्ने सम्भावित क्षतीलाई कम गर्न श्रमदान गरेर वाँध मर्मत गरिएको हो ।
टोल विकास संस्था तथा जनप्रतिनिधिहरुको सकृयतामा जम्मा भएका युवाहरुको समुहले वाँध मर्मतमा सहयोग गरेको नेकपाका नगर अध्यक्ष पारस दाहालले वताए ।
त्रियुगा खोलाको वाढि गत वर्ष सोहि ठाउँवाट स्थानीय नयाँ वजारमा पसेको र करिव १ सय घर डुवानमा परेका कारण यतिवेला वाँध मर्मत गरिएको स्थानीय युवा अजय श्रेष्ठले वताए ।
युवाहरुले वाँध मर्मत गरिरहँदा सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा र उपमेयर आशा चौधरी समेत उपस्थित थिए ।


