• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा संक्रमितको संख्या १ सय ९६ पुग्यो

सप्तरीमा संक्रमितको संख्या १ सय ९६ पुग्यो

 राजविराज, ९ असार । सप्तरीको दुई स्थानीय तहमा मङ्गलवार १९ जना थपिएसँगै कुल संक्रमितको संख्या एक सय ९६ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा १६ जना र हनुमाननगर कंकालिनी नगरपालिकामा ३ जनामा संक्रमणको पुष्टि भएको हो । योसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा ४२ जना र तिलाठी कोइलाडि गाउँपालिकामा १७ जना संक्रमित पुगेको छ ।
बोदेबर्साइन नगरपालिकामा ३२, बलान बिहुल गाउँपालिकामा ३१, राजगढ गाउँपालिकामा १८, छिन्नमस्ता गाउँपालिकामा १५, राजविराज नगरपालिकामा १५, डाक्नेश्वरी नगरपालिकामा १२, खडक नगरपालिकामा ३, कञ्चनरुप नगरपालिकामा ३, सप्तकोशी नगरपालिकामा ३ जना संक्रमित संख्या पुगेको छ । यसैगरी सुरुङ्गा, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा गाउँपालिकामा एक–एक जना कोरोना संक्रमित पाईएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन् ।