• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा १ सय ५० जना कोरोना संक्रमित

राजविराज, १ असार । सप्तरी जिल्लामा सोमवार दुई जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या एक सय पचास पुगेको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका कोभिड १९ कोरोना व्यवस्थापन संयोजक डा. रणजित कुमार झाका अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर–२ मा र राजविराज नगरपालिकामा एक जना पुरुषमा कोरोना पोजेटिभ पाईएको छ । संक्रमणको पुष्टि भएकाहरुलाई राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको डा. झाले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सोमवार साँझसम्मको प्राप्त जानकारी अनुसार वोदेवर्साइन नगरपालिकामा ३३, जना, बलान बिहुल गाउँपालिकामा २७ जना, डाक्नेश्वरी नगरपालिका १२, हनुमाननगर कंकालिनी २७, छिन्नमस्ता गाउँपालिका १५, खडक नगरपालिका २, सुरुङ्गा नगरपालिका १, तिरहुत गाउँपालिका १, विष्णुपुर गाउँपालिका १, राजगढ गाउँपालिका १३, राजविराज नगरपालिका १३, कञ्चनरुप नगरपालिका २, शम्भुनाथ नगरपालिका १, महदेवा गाउँपालिका र तिलाठी कोईलाडी गाउँपालिका मा १ जना कोरोना संक्रमित रहेको छ ।
संक्रमितहरुमध्ये आइसोलेसनमा रहेर निको भई सोमवारसम्म ५२ जना सकुशल घर फर्केका छन् ।