• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सप्तरीका वरिष्ठ उद्योगपति सिताराम कावराको निधन

सप्तरीका वरिष्ठ उद्योगपति सिताराम कावराको निधन

राजविराज, १ वैशाख । सप्तरीका वरिष्ठ उद्योगपति सिताराम कावराको सोमवार अपराह्न आफ्नै निवासमा मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्वर–९ निवासी कावराको ९७ वर्षको उमेरमा निधन भएको हो । विगत केही समयदेखि विरामी रहँदैआएका उनी सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।
प्रजातान्त्रिक आन्दोलनहरुमा समेत सक्रिय रहेका उनको सामाजिक तथा धार्मिक क्षेत्रमा विशिष्ठ योगदान रहेको छ । जिल्लामा रहेका विभिन्न मन्दिर तथा धर्मशाला निर्माणका साथै आगलागी, बाढी, शीतलहर लगायतका विपद्को अवस्थामा उद्योगी कावराले सहयोग गर्दैआएका थिए ।
क्वालिटी फूड प्रोडक्ट्सका सञ्चालक समेत रहेका उनको शवलाई मङ्गलवार विहान अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । उनको जन्म वि.सं. १९८१ साल वैशाख १ गते भएको थियो । उनको निधन समेत संयोगले वैशाख १ गते नै भएको छ । मृतक कावराका ४ छोरा र २ छोरी रहेका छन् । छोराहरु क्रमशः गौरीशंकर कावरा, श्रीराम कावरा, श्रीनिवास कावरा र नवलकिशोर कावरा रहेका छन् ।