• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दिल्लीको मरकजबाट फर्केका थप ४ जना बभनगामा कट्टी क्वारेन्टाइनमा

दिल्लीको मरकजबाट फर्केका थप ४ जना बभनगामा कट्टी क्वारेन्टाइनमा

राजविराज, २३ चैत्र । भारतको निजामुद्दिन स्थित मरकज जमातमा सहभागी भई घर फर्केका थप चारजनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका चारै जनालाई गाउँपालिकामै रहेको माध्यमिक विद्यालय बभनगामा कट्टी क्वारेन्टाइनमा आइतवार भर्ना गरिएको छ । उनीहरु पर्साको बिरगञ्ज नाका हुँदै उनीहरु नेपाल प्रवेश गरेका थिए । शनिवार राती राजविराज आईपुगेका चारै जना जमातीलाई राती स्थानीय एक मदर्शामा राखिएकोमा तिलाठी कोइलाडी गाउँपालिकाको एम्बुलेन्समा राखि क्वारेन्टेन पुर्याईएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
भारतबाट लुकीछिपी सप्तरी प्रवेश गर्नेहरुहरुका कारण कोरोना भाइरसको संक्रमण हुनसक्ने उच्च सम्भावना रहेकोले कुनै पनि अपरिचित व्यक्ति वा बस्तीमा आएका बाहिरी व्यक्तिहरुलाई क्वारेन्टाइन पठाउन वा प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । हालसम्म जिल्लाको अवस्था सामान्य रहेकोले सबैलाई लकडाउनको पालना गरी आ–आफ्नो स्थानबाट सचेत रहँदै सावधानी अपनाउन स्वास्थ्य प्रमुख यादवले बताए ।