• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेशको नाम ‘मधेश’ तथा राजधानी जनकपुर हुनुपर्छः पूर्व सांसद झा

प्रदेशको नाम ‘मधेश’ तथा राजधानी जनकपुर हुनुपर्छः पूर्व सांसद झा

राजविराज, ६ चैत्र । प्रदेश नम्वर २ को नामाङ्कनको विषय अन्यौलमा रहेकै बेला नेकपाकी नेता एवम् पूर्व सांसद रञ्जु कुमारी झाले अन्तिम विकल्प मधेश नै रहेको तर्क अघि सारेकी छिन् ।
विहीबार राजविराज स्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो तर्क अघि सारेकी हुन् । प्रदेशको नामाङ्कनको विषयमा गत चैत्र ४ गते नेकपाका सभासद्हरुले जानकी प्रदेशको पक्षमा मतदान गरेका थिए । प्रदेश नामाङ्कनको अन्यौलग्रस्त बन्दै गईरहेको अवस्थामा तत्कालिन व्यवस्थापिका संसदको महिला बालबालिका, समाज कल्याण तथा जेष्ठ नागरिक समितिका पूर्व सभापति झाले मधेश आन्दोलन र मधेशी जनताको म्याण्डेट मधेश नै रहेको बताउँदै उनले भनिन् ‘प्रदेश २ को हालको आठ जिल्ला बहुसंस्ख्यक मैथिलीभाषी क्षेत्र तथा मिथिला भूमी हो, त्यसैले सम्भव भयो भने मिथिला–मधेशमा सहमति जुटाउनु राम्रो हो तर यदी भएन भने मधेश अन्तिम विकल्प हो, यसैमा सहमति जुटाएर प्रदेशलाई विवादमुक्त बनाउनु जरुरी छ ।’
प्रदेशको नामाङ्कन र राजधानीको विषयमा अनावश्यक विवादमा पार्नु दुर्भाग्यपूर्ण हुने पूर्व सांसद झाले बताईन् । आफुहरुको पार्टी नेकपा मधेशको विपक्षमा नरहेका प्रष्ट्याउँदै उनले भनिन् ‘प्रदेश र राजधानीको विषयलाई विवादित बनाउनु कसैकालागि हितकर हुँदैन, विवादित विषयलाई टुङ्गो लगाउँदै विकास र समृद्धिको पक्षमा अगाडि बढ्नु जरुरी छ, मेरो विचारमा प्रदेशको नाम मधेश र राजधानी ऐतिहासिक नगरी जनकपुर नै भएमा सबैकोलागि हितकर हुनेछ ।’
विभिन्न धारणाहरु आउनु स्वाभाविक भए पनि सबैको हित हुने विषयमा सहमति जुट्नुपर्नेमा जोड दिँदै उनले संघीयतालाई जिवन्त राख्नु ठूलो चुनौती रहेकोले यसलाई दिगो बनाउनुपर्ने बताए । ‘म चाहदिन कि देशमा विभिन्न नाममा पुनः द्वन्द्व होस्, शान्ति, सद्भावलाई कायम राख्दै विकास र समृद्धिको पक्षमा अगाडि बढ्नु जरुरी छ’ मधेशी जनताले पहिचानकैलागि आन्दोलन गरेको हो, यो पहिचानलाई कायम राख्नु जरुरी छ ।’
नेकपा मधेशको विरोधमा रहेको भनी दुष्प्रचार भईरहेको भन्दै पूर्व सांसद झाले जनकपुर र जानकीको आफ्नै गरिमामय इतिहास रहेकोले यसलाई चाहेर पनि कसैले मेटाउन नसकिने बताईन् । राजधानी जनकपुर र कामकाजको भाषा समेत मैथिली हुनुपर्नेमा जोड दिँदै पूर्व सांसद झाले आफुहरुको पार्टी नेकपाका नेताहरुले धरातलीय विशेषतालाई आत्मसात गर्ने दावी गरिन् ।