राजविराज, ६ चैत्र । राजविराज स्थित संस्थागत विद्यालयका संस्थापक एवम् प्रिन्सिपलहरुको शुक्रवार सम्पन्न बैठकले वैशाख २ गतेसम्मकालागि पठन–पाठन स्थगन गर्ने निर्णय गरेको छ ।
ह्याप्पील्याण्ड सेकेण्ड्री स्कूलका संस्थापक प्रिन्सिपल पुष्प कुमार सिटौलाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निजी विद्यालयहरुको पठन–पाठन स्थगन गर्ने निर्णय गरेको हो । स्थिती सामान्य र सुरक्षित भएपछि विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ । स्थितिको समिक्षा गरी पुनः निर्णय गर्न वैशाख ३ गते दुर्गा सेकेण्ड्री स्कूल राजविराजमा बस्ने निर्णय लिँदै कोरोना भाइरसबाट सुरक्षित रहन सुरक्षाका उपायहरु अवलम्वन गर्न सरसफाईमा अझ ध्यान पुर्याउन भीडभाडबाट बच्न तथा सुरक्षित भएर बाँच्न अपील गरिएको छ ।